११ कार्तिक २०८३, बुधबार

बिहीबार थप ४१२ जनामा कोरोना, ४८३ जना निको, ४ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ८३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना पुगेको छ ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ३ जना पुगेको मन्त्रालयले जनाएको छ ।