
काठमाडौं, २३ पुस । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षकइन्सपेक्ट गायत्रीराज शर्मा निलम्बनमा परेका छन् ।
उक्त वृत्तको मुद्दा फाँटमा कार्यरत शर्मालाई प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो । उनले ३ वर्षअघि मात्रै प्रहरी सेवा प्रवेश गरेका थिए ।
सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको बताइएको छ ।
कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ । त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग रकम लिएको आरोप समेत लागेको छ ।
मंसिर २६ गते साँझ चन्द्रागिरि नगरपालिका–१५, ढुंगे अड्डामा प्रदेश २–०३–००१–ख १४२० नम्बरको गाडीको ठक्करबाट ३ जनाको ज्यान गएको थियो भने ६ वटा अन्य सवारीमा क्षति पुगेको थियो ।
दुर्घटना गराउने बसका चालक मकवानपुर र भएका रामबहादुर रखल मगरलाई छुटाउन बस समितिले घूस दिएको पनि खुलेको छ ।















प्रतिक्रिया