१० कार्तिक २०८३, मंगलबार

किशोरीलाई विवाह गर्छु भन्दै करणी गरेको अभियोगमा पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

स्याङ्जा, २३ पुस । १७ वर्षीया किशोरीलाई विवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

करणी गरेको अभियोगमा भिरकोट नगरपालिका ५ घर भई सोही नगरपालिका ६ एक्वार बस्ने १९ वर्षीय आशिष थापालाई वुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई विभिन्न प्रलोभनमा पारी शनिबार राति जबरजस्ती करणी भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा जिल्ला अदालत स्याङ्जाबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।