१० कार्तिक २०८३, मंगलबार

रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष चापागाइँ अस्पताल भर्ना

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपाली कांग्रेस भाजपुरका जिल्ला सदस्य मनोज चापागाइँ अस्पताल भर्ना भएका छन् ।

नेपाल रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका चापागाइँ संखुवासभाको तुम्लिङटारमा लडेर घाइते भएका हुन् । मनोज नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता उत्तम चापागाइँका दाइ समेत हुन् ।

उनको देव्रे खुट्टा र दाहिने हात फ्याक्चर भएको तरुण दलका उपाध्यक्ष चापागाइँले जानकारी दिए ।

चापागाइँलाई काठमाडौंको जोरपटीस्थित अर्थोपेडिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।