३ कार्तिक २०८३, मंगलबार

साना-मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जाका लागि मेगा बैंकसहित ४ संस्थाबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघबीच सोमबार सम्झौता भएको छ ।

सम्झौता अनुसार मेगा क्यापिटल मार्केट्सले धादिङ उद्योग वाणिज्य संघ सँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायत बैंकमा कर्जाका लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्ने छ ।

यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा विस्तारमा सहयोग पुग्नाका साथै उद्यमीहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको मेगा बैंकले अपेक्षा गरेको छ ।