३ कार्तिक २०८३, मंगलबार

एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष ढकाललाई बागलुङमा सम्मान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २० पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई बागलुङका विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् ।

ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यावसायिक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृहजिल्ला बागलुङ पुगेका ढकाललाई सोही अवसरमा त्यहाँका स्थानीय संघ संस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी सम्मान गरेका हुन् ।

बागलुङकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले एक कार्यक्रम आयोजना गरी स्वस्ती वाचनसहित सम्मान गरेको थियो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले विद्यालय समुदायसँग नजोडिँदा गुणस्तर र विद्यार्थीको शैक्षिक चरित्रमा असर परेको बताए ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । जिल्लाको गहनाका रूपमा रहेको विद्यामन्दिर माविका विद्यार्थीलाई भविष्यमा आउने हरेक चुनौतीसँग जुध्न सक्ने बनाउने र उनीहरूको शैक्षिक क्षमता बलियो बनाइदिने महान कार्य शिक्षकहरूको हातमा रहेको धारणा व्यक्त गरे ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष (वेटिङ प्रेसिडेन्ट) मानिर्वाचित भएपछि उपाध्यक्ष ढकाल पहिलोपटक गृह जिल्ला बागलुङ पुगेका हुन् ।