३ कार्तिक २०८३, मंगलबार

हेभि सवारी चालक तालिम सञ्चालन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २२औं समूहको हेभि सवारी चालक उन्नत तालिम सोमबारबाट सञ्चालन भएको छ ।

उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले तालिम उद्‌घाटन गर्दै तालिममा नयाँ प्रविधिको ज्ञान बारेमा अभ्यास तथा जानकारी दिईने भएकाले प्रशिक्षार्थीले बढी भन्दा बढी उत्सुक भई तालिम हासिल गर्नुपर्ने बताए ।

जम्मा १६ दिन कार्यावधिको उक्त तालिममा प्रहरी हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरु सहभागिता छ ।