
काठमाडौं, २० पुस । चार नारायणमध्येका एक विशङ्खुनारायणको महास्नान रोकिएको छ ।
विशङ्खुनारायणका पुजारी परिवारलाई सुत्केरो परेसँगै आज उक्त महास्नान रोकिएको हो । सदियौँ वर्ष अघिदेखि नारायणको रेखदेख र पूजा आदि व्यवस्थापन सुवेदी थरले गर्दै आएका थिए ।
प्रत्येक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनानुसार आजको दिनमा महास्नान गरिने गरिएको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले जानकारी दिए ।
उनले भने, “सुत्केरो चोखिएपछि उत्तम साइतमा महास्नान गर्नेछौँ। कुन दिनमा हुन्छ भन्ने कुरा छलफलपछि मात्र थाहा हुन्छ ।” सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट देवताको रुपमा पुज्ने भएकाले आफूहरुमार्फत नै सो महास्नान गरिने गरिएको सचिव सुवेदीले जानकारी दिए ।















प्रतिक्रिया