३ कार्तिक २०८३, मंगलबार

अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो रू. २५ लाख

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई रू. २५ लाख प्रदान गरेको छ ।

रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् । रंगशाला निमार्णमा सहयोग पुग्ने हिसाबले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए ।

धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल ‘धुर्मुस’ले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ छ । ‘यसअघि पनि सिताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ’, थापाले भने, ‘रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ ।’

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणका लागि ३ अर्ब लाग्ने छ ।

२० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुप रहने छ । रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुने छ ।