३ कार्तिक २०८३, मंगलबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले राष्ट्रिय योग दिवस मनाउने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ ।

राष्ट्रिय योग दिवस मुल समारोह समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रूपमा लिनुपर्ने बताउँदै कोरोना संक्रमणको त्रासकाबीच पनि योग दिवस मनाउन लागिएको जानकारी दिए । मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।

मुल समारोह समितिका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले यो वर्षको आदर्श वाक्य तय गरी राष्ट्रव्यापी रूपमा योग दिवस मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । बैठकले उपसमिति गठन गरी तत्काल आदर्श वाक्य तयारी गर्ने र मुल कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

मन्त्रालयको अगुवाइमा विगत ६ वर्षदेखि राष्ट्रिय योग दिवस मनाउँदै आइरहेको छ । मन्त्री श्रेष्ठले मुल समारोहलाई भव्य, सभ्य र अनुशासित ढंगले मनाउन आग्रह समेत गरेका छन् ।

बैठकमा सचिव गोपीनाथ मैनालीले भर्चुअल माध्यमबाट योग दिवस मनाउने तयारी भइरहेको जानकारी दिए । छोटो र मिठो रूपमा मुल समारोह मनाउने गरी तयारी गरिने उनको भनाइ छ ।

बैठकमा शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी, योग शिक्षक डा. हरिप्रसाद पोखरेल, पतञ्जली योग पिठका ट्रष्टी ई.शालिकराम सिंहलगायत समितिका सदस्यले सबै स्थानीय तह, विद्यालय र सबै निकायमा मनाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयले प्रदेश स्तरमा योग दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट पत्राचार गर्ने, संघीय मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने, जुम मार्फत योग शिविर सञ्चालन गर्ने लगायतका कार्यक्रम तय गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिपक शर्माले यो वर्षको योग दिवसलाई भव्य रूपमा मनाउने तयारी भइरहेको बताए । ‘सबै सरोकारवाला संस्थाको सहभागितामा राष्ट्रिय योग दिवस मनाउने तयारी गरेका छौं । मन्त्रालयले केही दिनभित्र आदर्श वाक्य तय गर्ने छ’, उनले भने ।