३ कार्तिक २०८३, मंगलबार

१०५ किलो अवैध लागूऔषध गाँजासहित ७ जना पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पर्सा, १९ पुस । लागूऔषध नियन्त्रण व्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको प्रहरीको संयुक्त टोलीले १०५ किलो अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिका–२१ लालबाट सो परिमाणको अवैध लागूऔषध गाँजा (चिप्पड) सहित ७ जनालाई आइतबार बिहान पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ का २४ वर्षीय विजय तामाङ, सोही ठाउँका ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका–१० का २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका–१ का ३७ वर्षीय निरज लामा, चितवन राप्ती नगरपालिका–२ का ५० वर्षीय सानुलाल तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका–३ का ५१ वर्षीय सहिद मियाँ आलम छन् ।

लागूऔषधको कारोवार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको उक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना. ४ ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा लुकाई राखेको अवस्थामा गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको उक्त ब्यूरोले जनाएको छ ।