३ कार्तिक २०८३, मंगलबार

नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना छन् ।

शनिबार साँझ पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

पक्राउ परेका व्यक्तिहरु

जि.सल्यान खइरागर-०९ मुलखोला स्थायी वतन भएका राहदानी नम्बर ११५८०७६७ वाहक दिनेश सिंह,

जि.धनुषा भुचक्रपुर-९ स्थायी वतन भएका  राहदानी नम्बर ०९७५३३२६ वाहक तेज नारायण महत्तो,

जि.धनुषा लक्ष्मीनिवास-९ स्थायी वतन भएका राहदानी नम्बर ०८८०१६९८ वाहक छेदी महत्तो,

जि.धनुषा बत्तेश्‍वर-९ स्थायी वतन भएका राहदानी नम्बर ०५६८९६१० वाहक सोलेन्द्र महत्तो,

जि.मकवानपुर चिसापानी-७ हेटौडा स्थायी वतन भएका राहदानी नम्बर ०८८१४६८६ वाहक रोशन प्रसाद आचार्य,

जि.अर्घाखाँची छत्रदेव-३ स्थायी वतन भएका राहदानी नम्बर ११९८३२६६ वाहक प्रविन भट्टराई,

जि.सिन्धुपाल्चोक लब्से-८ पा थाङपल स्थायी वतन भएका राहदानी नम्बर ११६११३६६ वाहक माइला तामाङ  ।