
काठमाडौं, १९ पुस । अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अराजक नाराबाजी गर्नेलाई कारबाही माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष ज्ञापनपत्र बुझाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संस्थापन पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सन्जालबाट राष्ट्रपतिलाई गालीगलौज गर्नेहरुविरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो ।
लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अमानवीय, अर्मयादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको हो ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनीय र अर्मयादित विषय उठाइएकोप्रति सरकारको ध्यानाकर्षण भएको बताए । उनले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन दिएको जानकारी दिएका छन् ।
नाराबाजी गर्नेविरुद्ध कानूनी कारबाही नगरिए आफूहरु नै कानूनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ शर्मिला कार्कीले चेतावनी दिइन् ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा भइरहेका कतिपय प्रदर्शनहरुमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी हुने गरेको छ । उक्त नाराबाजीले सामाजिक मर्यादा नाघेको अनेमसंघको ठहर छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया