३ कार्तिक २०८३, मंगलबार

१४ वर्षीया बालिका खेतमै बलात्कृत, दास र हुसेन पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १९ पुस । धनुषामा १४ वर्षीया एक बालिका धानखेतमै बलात्कारको शिकार बनेकी छिन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कमला नगरपालिका–८ हरिणेका १९ वर्षीय विजयकुमार दास र सोहीका २२ वर्षीय सदाम हुसेनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित खेतमा उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको धनाइ छ ।

पीडकद्वयलाई प्रहरी चौकी चोराकोयलपुर र इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।