३ कार्तिक २०८३, मंगलबार

५ हजार जनाको नमूना परीक्षण गर्दा ४१९ जनामा कोरोना संक्रमण पुष्टि, ७५० जना डिस्चार्ज

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४१९ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ५ हजार जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६१ हजार ४३८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ५३ हजार ८५७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७११ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख ४२ हजार ७०२ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ५ हजार ७११ जना आइसोलेसन र ३६७ जना क्वारेन्टिनमा छन् ।