३ कार्तिक २०८३, मंगलबार

राजनीतिक एजेण्डाविना दलहरूले गरिरहेको सडक आन्दोलन निर्वाचनकै तयारी हो : सञ्चारमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डाबिना दलहरूले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताएका छन् ।

‘विना राजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरूले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन’, मन्त्री गुरुङले भने, ‘राजनीतिक दलहरूले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेका छन् ।’

अब मुलुक निर्वाचनमा गइरहेको बताउदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समूदायलाई निर्वाचनका लागि तयार हुन आह्वान पनि गरेका छन् ।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजितपत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिए ।

कतिपयले भनेजस्तो वर्तमान सरकार कामचलाउ नभएको भन्दै उनले यो सरकारले संविधानअनुसार नै पूर्ण अधिकारसहितको कार्य गरिरहेको स्पष्ट पारे । कर्मचारी तथा कुनै पनि वर्ग समुदायलाई सरकारको काम कारबाहीप्रति कुनै पनि भ्रममा नपर्न अनुरोध समेत गरेका छन् ।

राष्ट्रपति संस्थामाथि अपमान खेदजन्य

यसैबीच मन्त्री गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुुर्याउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय भएको उल्लेख गर्दै आपत्ति जनाएका छन् ।

सम्मानित संस्था राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानून र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने कोशिस भइरहेको मन्त्री गुरुङको दाबी छ । राजनीतिक दल र राजनीतिक समूहहरूलाई जिम्मेवार हुन पनि उनले अनुरोध गरेका छन् ।