
काठमाडौं, १७ पुस । राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ ।
आज शुक्रबारदेखि शुरू भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सम्पन्न गर्दै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।
आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए ।
बैठकमा नेकपाका सांसद दिनानाथ शर्मा, कांग्रेस सांसद जितेन्द्रनारायण देव र जसपा सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी रहेको भन्दै विरोध गरेका छन् ।
पूर्वसांसदहरूको निधनमा आजको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया