३ कार्तिक २०८३, मंगलबार

मैतिदेवीमा खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोहका पाँच जना पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । काठमाडौंको मैतिदेवीमा खुकुरी प्रहार गरी नगद लुटपाट गर्ने गिरोह पक्राउ परेको छ ।

यही पुस १५ गते दिउँसो मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९१५ र सहकारीका अन्य कागजात तथा चेकबुक सो समूहले खुकुरी प्रहार गरी लुटपाट गरेको थियो ।

चाबहिलस्थित ए–वान क्याफे नजिक पुग्दा सो समूहले गजमेरलाई खुकुरीले प्रहार गरि घाइते बनाएर लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।

खोजतलासका क्रममा लुटपाट गरी लगेको नगद, सहकारीका कागजपत्र, झोला तथा पीडितलाई प्रहार गरेको खुकुरी थान २ तथा चोरी गरेका ४ वटा स्कुटर र १ थान मोटरसाइकलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं असन बस्ने २९ वर्षीय रोहन नेपाली शाही, थानकोट बस्ने २२ वर्षीय भय तुलाधर, जुम्लाको सिंजा घर भई बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा, चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर र सोही स्थानका १८ वर्षीय रोहित शाही छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर समेत चोरी गरि चलिरहेको गाडीबाट बिभिन्न सरसामानहरु जस्तै चुरोट, कपडा, टीभी तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटक– पटक चोरी गरेको खुलेको छ ।