३ कार्तिक २०८३, मंगलबार

हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । महानगरीय ट्राफिक प्रहरीले विभिन्न स्थानबाट हराएका विभिन्न व्यक्तिका २२ वटा मोटरसाइकल सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ ।

मोटरसाइकल हराएको सूचनाको आधारमा खोजतलास गरी ट्राफिक प्रहरीले पदम लामा, प्रदिप थापा, सोनी भट्टराई, कैलाश श्रेष्‍ठ, साङ्‍मु शेर्पा, बुद्धिजंग गुरूङ, साङ्गे तेन्जिङ महत र राजकुमार बुढाथोकीको मोटरसाईकल फेला पारी बुझाएको हो ।

यस्तै सुरज कुमार पोखरेल, राजेश कुमार पोदार, वासुदेव गुरूङ, कृष्‍णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, ध्रुव बोलखे, पिङ्कि सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवनकुमार सुनार, विकाश मगर र प्रवेश राईलाई पनि मोटरसाइकल जिम्मा लगाइएको छ ।

हराएको मोटरसाईकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीहरुलाई जिम्मा लगाएका हुन् ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायत उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न मोटरसाइकल चालकलाई प्रमुख भट्टराईले सुझाव दिएका छन् ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवामा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए ।

ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका बनेपा काभ्रे, कपन, धुम्वाराही, कलंकी, बनस्थली, गंगबु, बौद्ध, थापाथली, ट्रमा सेन्टर, सिनामंगल, जोरपाटी, ठमेल, मुलपानी, कलंकी, ट्याङ्लाफाट, कालोपुल, कमलविनायक, घट्टेकुलो, जरंखु, चावहिल, पुरानो बानेश्‍वर र बबरमहल लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाले पुस महिनामा मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानका लागि ल्याएको छ भने चोरीमा संलग्न ९ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।