३ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय सभामा यसरी बहुमतमा छन् प्रधानमन्त्री ओली, जोड घटाउ हेर्नुहोस्

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस। शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालका कति सांसद छन् भन्ने चासोका साथ हेरिएको छ।

नेकपाका दुई जना सांसद तटस्थ देखिएका कारण ओली पक्षको बहुमत रहेको आँकलन गरिएको छ। नेकपामा विभाजनको अवस्था आएपछि यस विषयलाई महत्वका साथ हेरिएको हो।

५९ सदस्यीय राष्ट्रिय सभामा ६ जना नेपाली कांग्रेस र ३ जना जनता समाजवादी पार्टीका सांसद छन्। बाँकी ५० जनामा एक जना अध्यक्ष गणेश तिमल्सिना ओली पक्षका हुन्।

त्यसबाहेक ४९ जनामा बामदेव गौतम र दिनानाथ शर्मा तटस्थ हुँदा ४७ जनाको हिसाबकिताबमा २४ जना ओली पक्ष र २३ जना प्रचण्ड–नेपाल पक्षमा रहेको बताइन्छ।