काठमाडौं, १७ पुस । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै छ ।
संवैधानिक व्यवस्थाअनुसार हरेक ६ महिनामा एकपटक अधिवेशन आह्वान गर्नुपर्ने भएकाले सोहीअनुसार अधिवेशन औपचारिकतामा मात्रै सीमित हुने देखिएको छ । संसद विघटन भएपछि राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको छ ।
१७ पुसभित्र संसद्को अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरू औपचारिकतामा मात्रै सीमित हुने गरी बोलाइएको स्रोतको दाबी छ ।
बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थलको निरीक्षणसमेत गरेका छन । कोभिड–१९ लाई लक्षित गरी हलमा सबै तयारी पूरा भएको छ ।















प्रतिक्रिया