३ कार्तिक २०८३, मंगलबार

प्यूठानमा चट्याङ लागेर बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, १४ चैत । आज बिहान करिब ४ बजे परेको चट्याङ लागेर उत्तरी प्यूठानमा एक बालिकाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।

नारीकोट–८ का ९ वर्षीया राधिका सुनारको मृत्यु भएको प्रहरी प्रमुख नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

घाइते हुनेमा २२ वर्षीया लक्ष्मी विक, १६ वर्षीय केयरसिम सुनार, २२ वर्षीया सुकमारी सुनार र १८ वर्षीय पुष्प सुनार रहेका छन् ।

सो घटनामा स्थानीय दोसाध प्राविमा कक्षा ४ मा अध्ययनरत बालिका राधिकासँगै उनका अभिभावक र सोही विद्यालयमा अध्ययनरत विद्यार्थी परेको विद्यालयका शिक्षक नारायण जिसीले जानकारी दिनुभयो ।

घाइते भएका सबैलाई प्रहरीले उद्धार गरी अस्पताल लगिएको जनाएको छ ।