३ कार्तिक २०८३, मंगलबार

डेढ दर्जन अवैध सुर्ती पसलमा छापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १४ चैत । विराटनगरमा सञ्चालित डेढ दर्जन अवैध सुर्तीजन्य पसलबाट छ बोरा सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको संयोजकत्वमा निस्किएको अनुगमन टोलीले अवैधरुपमा सञ्चालित १५ वटा सुर्तीजन्य पसलबाट सो परिणमको सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।

विराटनगरको तिनपैनी चोकबाट अनुगमन सुरु गरेको उक्त टोलीले बिना दर्ता सञ्चालन गरिएका सुर्तीजन्य पसलबाट छ बोरा सुर्तीजन्य सामग्री बरामद गरेको क्षेत्रीय खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक भरत पुरीले जानकारी दिनुभयो ।

बरामद गरिएका सुर्तीजन्य पदार्थ आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको छ । दर्ता नगरी अवैधरुपमा सञ्चालन गरिएका सुर्तीजन्य पसललाई कर छली र सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ अनुसार कारबाही गरिने अनुगमन टोलीले जनाएको छ ।