७ कार्तिक २०८३, शनिबार

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । ई–सेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ ।

यो सेवा शुरु भएसँगै यूएईमा रहेका नेपालीहरूले “अलफर्दान एक्सचेन्ज”का ६५ वटा शाखाहरूबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ई–सेवावालेटमा रकम पठाउन सकिने विज्ञप्तिमा जनाइएको छ ।

नगदमा पठाइएको रकम ई–सेवा मनि ट्रान्सफरका नेपाल भर रहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्पmत पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।