३ कार्तिक २०८३, मंगलबार

कतार एयरवेज र ओमान एयरबीच कोडशेयर सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, १४ पुस । कतार एयरवेजले आफ्नो विश्वव्यापी रणनीतिक साझेदारी विस्तार गर्ने क्रममा ओमान एयरसँग विस्तारित कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापछि दुवै एयरलाइन्सका ग्राहकहरूलाई अधिक यात्राका सुविधा एवं विकल्पहरू प्रदान गर्ने बताइएको छ । विस्तारित कोडशेयर सम्झौता दुई एयरलाइन्सबीच सन् २००० मा शुरु भएको रणनीतिक सम्बन्धलाई थप सुदृढ पार्ने पहिलो चरणको कदम भएको बताइएको छ ।

थप गन्तव्यहरूको टिकट विक्री २०२१ मा शुरु हुने पनि बताइएको छ ।