३ कार्तिक २०८३, मंगलबार

केपी ओलीलाई पार्टी अध्यक्षबाट हटाएको हो, नेकपाको सदस्यबाट हटाएका छैनौं : माधव नेपाल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । प्रचण्ड–माधव समूहका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई पार्टी अध्यक्षबाट हटाएको भए पनि नेकपाको सदस्य र अन्य कुनै पनि पदबाट नहटाइएको बताएका छन् ।

आज मंगलबार प्रदर्शनीमार्गमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलीप्रति आफूहरुको विश्वास अझै नमरेको समेत बताएका छन् ।

प्रधानमन्त्री प्रतिनिधिसभा विगटनको घोषणाबाट पछि हट्ने विश्वास व्यक्त गर्दै उनले सच्चिएर नेकपामा फर्किन समेत आग्रह गरेका छन् । ‘उहाँ सच्चिनुहुन्छ भनेर हाम्रा धेरै कम्रेडहरुलाई अझै विश्वास मरेको छैन’, नेता नेपालले भने, ‘उहाँलाई सच्चिने मौका दिएका छौं, सच्चिएर कम्युनिष्ट पार्टीको असल सदस्य बन्नुहोस् ।’

त्यसैले ओलीलाई अहिले अध्यक्षबाट मात्रै हटाएको नेता नेपालको भनाइ छ ।

अर्को प्रसंगमा भने नेता नेपालले केपी शर्मा ओलीको उछितो काटेका छन् । मुलुकमा प्राप्त लोकतन्त्र, संघीयता र गणतन्त्र प्राप्तीप्रति ओलीको कुनै विश्वास नभएकाले ओलीलाई अझै पनि परिवर्तित व्यवस्थाको माया नभएको आरोप लगाएका छन् ।

फरक प्रसंगमा प्रयोग गरिएको शब्द ‘बयलगाढा’ को स्मरण गर्दै नेता नेपालले भने, ‘उहाँलाई लोकतन्त्र, गणतन्त्र, संघीयता, पार्टी प्रणाली, पार्टी अनुशासन र पार्टी निर्णयको मतलव छैन । उहाँ खाली स्वेच्छाचारी ढंगले चल्नुहुन्छ । यसले देशमा निरंकुश प्रवृत्ति हावी भइरहेको आभाष हुन्छ ।’