३ कार्तिक २०८३, मंगलबार

केपी ओलीले पार्टीलाई सत्तामा पुग्ने भर्याङमात्रै बनाए : झलनाथ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । प्रचण्ड–माधव समूहका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई केपी शर्मा ओलीले सत्तामा पुग्ने भर्याङ मात्रै बनाएको आरोप लगाएका छन् ।

पार्टीले निर्वाचन जितेपछि ओलीलाई पार्टीले नै प्रधानमन्त्री बनाएको बताउँदै खनालले आफू प्रधानमन्त्री भएपछि पार्टीलाई बिर्सेको आरोप लगाएका हुन् ।

प्रदर्शनीमार्गमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै खनालले सो कुरा बताएका हुन् ।

‘पार्टीले उहाँ (केपी ओली) लाई प्रधानमन्त्री बनायो, प्रधानमन्त्री बनेपछि उहाँले पार्टीलाई बिर्सनुभयो, पार्टीका बैठकमा आउन छोड्नुभयो, पार्टी नेताहरुले बैठक बोलाउनुस् भन्दा भागेर हिँड्नुभयो’, खनालले भने, ‘उहाँले त पार्टीलाई सत्तामा जाने भर्याङ मात्रै बनाउनुभयो ।’