
काठमाडौं, १४ पुस । काठमाडौं महानगरपालिका–१४ कलंकी खडकुले पुलअगाडि सडकमा ना. ८ ख ७३३४ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको करिब ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातु सोमबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया