३ कार्तिक २०८३, मंगलबार

कांग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री गुओ यझोउसहितको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुरलाई चीन भ्रमणको निम्तो दिएको छ ।

उक्त प्रतिनिधिमण्डलले मंगलबार बिहान बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर भेटवार्ता गरी चीन भ्रमणको निम्तो समेत दिएको हो ।

भेटमा उपमन्त्री गुओले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिएका हुन् ।

उपमन्त्री गुओले कांग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए ।

उनले कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गरेको योगदानको प्रशंसासमेत गरेका थिए ।