
हेटौंडा, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा आफ्नो चुनावी क्षेत्रमा पुगेर सोमबार दिनभर कार्यकर्ता भेटघाट गरे ।
आज मकवानपुर–१ को बागमती गाउँपालिकामा पुगेर उनले विभिन्न वडाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा सहभागी हुँदै थापाले सम्बोधन गरे ।
०६२/६३ को परिवर्तनपछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटिपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए । उनले अब कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी समेत गरेका छन् ।
राईगाउँ र फापरबारीमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत चर्चा गरे । आफूसँग प्रतिस्पर्धा गर्ने भन्दा म मा के कुरा कम छ ? योग्यता, क्षमता, अनुभव भनी प्रश्न गर्दै थापाले आफूले मकवानपुरे जनताको थप माया खोजेको बताए ।
काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताको चर्चा गर्दै थापाले भ्रष्टाचार, बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आवश्यकता भएको बिचार व्यक्त गरे । क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ, शक्ति र पदको भागबण्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्दत रहेको भन्दै थापाले आफूलाई ठूला भन्ने शक्ति काङ्ग्रेस कम्युनिस्ट असफल भएको बताए ।















प्रतिक्रिया