३ कार्तिक २०८३, मंगलबार

मेडिसीटी हस्पिटलअन्तर्गत स्किन सिटीको सीईओमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । मेडिसिटी हस्पिटलअन्तर्गतको स्किन सिटीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छिन् ।

अभिनयसँगै आफू व्यावसायिक क्षेत्रमा पनि अगाडि बढ्न लागेको उनले बताएकी छिन् । छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै उनले आफ्ना सुभेच्छुकहरूको साथको अपेक्षा गरेको समेत बताएकी छिन् ।

स्किन सिटीलाई नयाँ उचाइमा लैजाने आफ्नोे पहिलो प्रतिबद्धता हुने बताउँदै अभिनेत्री सिवाकोटीले भनिन्, ‘मैले पाएको यो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्ने छु । स्किन हस्पिटलमा मेरो पनि केही शेयर रहेको बताउन चाहान्छु ।’

‘चलचित्र उद्योगसँगै व्यापारिक रूपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरू धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ’, उनले भनिन्, ‘मैले काम गरेका चलचित्रहरूलाई सबैले मन पराउनुभएको छ । अब व्यापारिक रूपमा पनि आफूलाई आवद्ध गराएकी छु । आशा छ यो यात्रामा पनि म सफल हुने छु ।’

हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना उनले सुनाइन् । हरेक मानिसको सौन्दर्यले मात्रै उनीहरूको आत्मविश्वास बढ्ने बताउँदै उनले स्किन सिटीमार्फत अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ्सँग सम्बन्धित समस्याको खोज, समाधान र उपचारमा अनुभवी डाक्टरबाट अत्यन्तै आधुनिक प्रविधिबाट उपचार गर्नेछौं ।’