३० आश्विन २०८३, शुक्रबार

भेटघाटमा व्यस्त प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौ । भारतीय भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले भेटघाटलाई तिब्र बनाएका छन । भारतीय प्रधानमन्त्री तथा सार्क राष्ट्रका सरकार र राष्ट्र प्रमुखसँग बेग्ला बेग्लै भेटवार्ता गदै छन ।

कोइरालाले मध्यान्हमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम  रहेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । । समकक्षी मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । प्रधानमन्त्री कोइरालाले जलस्रोत, पर्यटन र जैविक विविधताको सम्भाव्यताको विषयमा समेत कुराकानी गर्ने तय भएको छ ।

त्यस्तै प्रधानमन्त्री कोइरालाले मंगलवारै पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसँग् भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सरिफसँगको भेटपछि कोइरालाले मंगलवारै भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह र भारतीय कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीलाई पनि भेट्ने कार्यक्रम छ । कोइरालाले साँझ ५ बजेपछि भारतीय राष्ट्रपति प्रणण मुखर्जीलाई भेट गर्ने प निजि सचिवालयले जनाएको छ ।

यसअघि सोमबार प्रधानमन्त्री कोइरालाले भारतका निवर्तमान प्रधानमन्त्री डा. मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन १३ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत गएका प्रधानमन्त्री कोइराला बुधबार स्वदेश र्फकने कार्यक्रम रहेको छ ।