३ कार्तिक २०८३, मंगलबार

सरकार र उखु किसानबीच वार्ता हुँदै, माग पूरा हुने ग्यारेन्टी दिए आजै सहमति जुटने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । सरकारले उखु किसानलाई वार्ताका लागि बोलाएको छ ।

किसानहरुलाई उद्योग मन्त्रालयले वार्ताका लागि बोलाएको हो । आफूहरुको मागप्रति सरकार समेत सकारात्मक बनेको भन्दै उनीहरुले आज सोमबार दिउँसो ३ बजेपछि वार्तामा जाने बताएका छन् ।

यद्यपि, सरकारले आफूहरुको माग पूरा हुने ग्यारेन्टी दिएमात्रै सरकारसँग सहमति गरिने उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रको अडान छ ।

सरकारसँग सहमतिका लागि उखु किसानले सहमति भएको १५ दिनभित्र उद्योग मन्त्रालयले सबै भुक्तानी गराउनुपर्ने नभए १६औँ दिनदेखि उद्योगीको सम्पति नियन्त्रणमा लिने प्रक्रिया सुरु गर्नुपर्ने लगायतका सहमतिको सर्त किसानहरुको छ ।

उद्योगीको सम्पति नियन्त्रणको लागि फेरि १० दिनको समय निर्धारण गर्ने गरी सहमति भएमात्रै आन्दोलनबाट पछि हट्ने संयोजक मिश्रले बताउनुभयो ।

त्यस्तै, उद्योगीले दिएको भुक्तानीको सबै विवरण मन्त्रालय र किसानलाई दिनुपर्ने उनीहरुको माग छ । विवरणमा किसानको नाम, बुझाएको परिमाण, दररेट, भुक्तानी भएको रकम स्पष्ट खुलाउन माग गरेका छन् ।

सरकारले उखु किसानलाई ६५ करोड भुक्तानी दिने बताएको छ तर किसानले भने ९० करोडभन्दा बढी भुक्तानी बाँकी रहेको बताउँदै आएका छन् ।