३ कार्तिक २०८३, मंगलबार

आइतबार स्थिर रहेको सुनको मूल्य सामेबार बढेर कति पुग्यो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेपाली बजारमा आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ७०० रुपैयाँ बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भई १ हजार ३१५ रुपैयाँ पुगेको छ ।