
काठमाडौं, ११ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालको पर्सा जिल्लाको ठोरी भन्ने ठाउँमा रहेको अभिव्यक्ति दिएपछि भारतमा उनको बिरोध मात्र भएन पुत्ला दहनसम्म भयो।
लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा जारी गरेपछि भारतीय मिडियाले उनलाई नेपालका लागि चिनियाँ राजदूतसँग जोडेर अफवाह फैलाए।
एक हदसम्म भारतसँग सम्बन्ध बिग्रिएन मात्र तिक्ततापूर्ण भयो। यसैबेला चलेको नेकपा स्थायी समितिको बैठकमा एकाएक पुष्पकमल दाहाल प्रचण्डले उनको राजीनामा माग गरे। यसपछि राजनीति झनै चर्को र उग्र मोड हुँदै आउँदा नेकपा औपचारिक विभाजनको घोषणा नजिक छ। निर्वाचन आयोगले नेकपा कसको भन्ने निरुपण गरेपछि पार्टी विभाजन हुने निश्चित छ।
यसैबीचमा प्रतिनिधि सभा विघटन भएपछि राजनीतिक संक्रमणको अवस्थामा पुगेको छ। त्यसअघि राजावादी संघ संस्थाको प्रदर्शनले नेपाललाई नजिकबाट नियाँलेको भारतीय प्रशासनको ध्यान खिँचेको छ। भारतलाई नै हिन्दू बाहुल्य बनाउनका लागि सक्रिय प्रधानमन्त्री नरेन्द्र मोदीनजिकका मानिसले नेपाल राजसंस्थासहितको हिन्दू राज्य बन्नुपर्ने अपेक्षा राखेका धारणा सार्वजनिक भएका छन्।
यस्ता धारणाले भारतीय प्रशासन नेपाललाई हिन्दू राज्य बनाउन चाहेको वा पुनःस्थापना गर्न खोजेको संकेत मिलेको छ। नेपालमा कम्युनिस्टको उदयसँगै हिन्दूत्व खतरामा परेको र चीन हावी भएको भारतीय विश्लेषण थियो। अझ, कम्युनिस्टको दुई तिहाई बहुमत आएपछि चीन पूरै हावी भएको तर सदन विघटनले हिन्दूत्व र राजसंस्थाका लागि जाग्ने बाटो खुलेको त्यहाँका मोदीनिकट सेनाका पूर्वजर्नेलहरूले नै खुलेआम बताउन थालेका छन्।
पूर्वजर्नेल जीडि बक्सी भन्छन्,,‘प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको समाचार छ, यसले नेपाललाई हिन्दू राष्ट्र र राजा फर्काउनेहरूका लागि यो अवसर हो।’
बक्सीले चीनविरुद्ध धारणा राख्दै भनेका छन्,‘विश्वमा नेपाल एउटा मात्र हिन्दू राजसंस्था भएको मुलुक थियो। तर माओवादीले चीनमा विकाउने काम भयो।’
चीनले नेपालको आन्तरिक मामलामा सक्रियताका साथ चासो दिएको र चीन कम्युनिस्ट पार्टी मिलाएर नेपालको संवैधानिक राजतन्त्रसहितका हिन्दू राष्ट्र बन्ने अभियानमा हस्तक्षेप गरिरहेको बक्सीको धारणा छ।
बक्सीले यसअघि पनि नेपाल मामलामा विचार राख्दै आएका थिए। नयाँ दिल्लीमा १२ बुँदे समझदारी गराएर भारतीय कांग्रेसकी अध्यक्ष सोनियाँ गान्धीले माओवादीलाई नेपालमा हावी गराएको बताएका थिए। जसले नेपालमा ठूलै चर्चा पाएको थियो।















प्रतिक्रिया