३ कार्तिक २०८३, मंगलबार

‘क्यारम तनी’मा सरु र विनायकको स्वर, राजेशको अभियन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देवेन्द्र पाण्डेको निर्देशन रहेको ‘क्यारम तनी’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

म्युजिक भिडियोमा अभिनेता राजेश हमालले अभिनय गरेका छन् । म्युजिक भिडियोमा हमाललाई निर्देशक पाण्डेलले चिया पसलेको रुपमा अभिनय गराएका छन् ।

गीतमा गायिका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको छ । गीतको शब्द र संगीत भीम बिसीले दिएका छन् ।

म्युजिक भिडियोमा अभिनेता हमालका साथै प्रतिमा कँडेल, उत्तम केसी र नारायणबहादुर पाण्डेको अभिनय छ । म्युजिक भिडियोका प्रस्तुतकर्ता सरोज गौतम हुन् ।

म्युजिक भिडियोमा पुष्कर सुनवारको एरेन्ज र दीपकराज विश्वकर्माको मिक्सिङ रहेको छ ।