७ कार्तिक २०८३, शनिबार

नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानीको सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल, काठमाडौंस्थित नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा फलफूल तथा तरकारी खरिद गर्दा क्युआर कोडबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी गरिएको हो ।

यस तरकारी बजारमा अपवाद बाहेक सम्पूर्ण पसलहरूमा क्युआर कोडबाट भुक्तानी गर्न सकिनेछ ।