काठमाडौं, ११ पुस । जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र सुनसरीको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच मर्जरसम्बन्धी अन्तिम समझौतापत्रमा हस्ताक्षर भएको छ ।
मर्जर हुने यी दुबै संस्थाहरू नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरू हुन् ।
दुई संस्थाबीच मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो । पुस १० गते मर्जर गर्नेसम्बन्धी अन्तिम समझौता भएको छ ।
सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणि जोेशीले हस्ताक्षर गरेका छन्















प्रतिक्रिया