काठमाडौं, ११ पुस । प्रभु बैंक लि.ले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यूआर कोडमार्पmत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरूले समेत उपभोग गर्न सक्नेछन् ।
क्यूआर कोड सेवा प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सवारी चालकहरूद्वारा सञ्चालन हुने सफा टेम्पोहरूमा उपलब्ध हुनेछ ।
महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा टेम्पोहरूमा प्रभु बैंक लि. को क्यूआर कोड राखिएको छ । सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरूले आफ्नो मोबाईलबाट क्यूआर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको क्यूआर कोड सेवाबाट यात्रु महानुभावहरू भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।















प्रतिक्रिया