१० कार्तिक २०८३, मंगलबार

श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कैलाली, ७ पुस । आफ्नै श्रीमती ३७ वर्षीया लक्ष्मी ओडलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका ७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओडलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गणेशले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ