१० कार्तिक २०८३, मंगलबार

प्रहरीलाई एक हजार रुपैयाँ दिन खोजेपछि …

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ७ पुस । मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित अनुदान चोकबाट नगद १ हजार रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् ।

सानोठिमी बस्ने काभ्रे बनेपा नगरपालिका १४ घर भएका ४० वर्षीय गणेश थापालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.१९ च १६७८ नम्बरको कार जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको फेला पारी नियन्त्रणमा लिने क्रममा गणेशले उक्त रकम दिन खोजेपछि प्रहरीले सो रकम र कार सहित उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।