मुम्बई । बलिउड नायिका सारा अली खानले आनन्द एल रायको फिल्म ‘अतरंगी रे’को सुटिङ फेरि शुरु गरेकी छिन् । साराले गत वर्ष साइन गरेको यो फिल्मको सुटिङ कोरोना महामारीका कारण रोकिएको थियो ।
उनले छायाँकन अनुभव शेयर गर्दै यो समय फिल्मको छायाँकन मुस्किल विषय भएको समेत बताएकी छिन् । उनले लामो समयपछि सुटिङ सेटमा फर्किदा राहत महसुस भएको समेत सुनाएकी छिन् ।
‘सामाजिक दुरी कायम राख्नु, माक्स लगाउनु र सुरक्षाको मापदण्ड पालना गर्नुले काम गर्ने तरिकालाई नै फेरिदिएको छ । कामको विषयमा आफ्नो मिहिनेत उहि छ’ साराले भनिन् ।
सारा यस फिल्ममार्फत पहिलोपटक अक्षयकुमार र धनुषसँगै पर्दामा देखिँदैछिन् । फिल्मको पहिलो चरणको सुटिङ वाराणसीबाट शुरु गरिएको हो । गत मार्चमा कोरोनाको कारण लगाइएको लकडाउनले सुटिङ रोकिएको थियो । त्यसपछि निर्माण युनिटले अक्टुवरमा चेन्नईमा फिल्मको सुटिङ गरेको थियो । एजेन्सी















प्रतिक्रिया