
काठमाडौँ, ६ पुस । ठमेलस्थित अत्याधुनिक व्यवसायीक भवन छायाँ सेन्टरविरुद्ध विष बमन गर्दै सर्वोच्च अदालतमा मुद्वा दायर गर्ने भागबद नरसिह प्रधान स्थानीय समुदायको लगानी मैत्री व्यवहारको कारण तिल्मीलाउन थालेका छन् ।
सम्मानित सर्वाेच्च अदालतको दैनिक सुचीअनुसार पुस ५ गतेका दिन मुद्घाको छलफल रहेको थियो तर प्रधान समर्थित केही व्यक्तिहरुले यस अघि जस्तै माईतीघर मण्डलामा व्यानर प्रदर्शनका साथ अदालत प्रति दवाव सृजना गरेका थिए ।
काठमाडौँका नेवार समुदाय लगायत विभिन्न व्यवसायीक व्यक्तिहरुको लगानी रहेको छायाँ सेन्टरलाई कुनैपनि हालतमा चल्न नदिने र सम्मानित अदालतले नगरेमा आफैँ भत्काई दिने जस्तो हुल्लड बाज एवं राजनैतिक धम्कि दिँदै आएका भागवतको व्यक्तिगत कुण्ठा तथा राजनैतिक आकांक्षाप्रति हालका दिनहरुमा नेवारी समुदाय तथा अभियन्ताहरुबाटै असन्तुष्टी प्रकट हुन थालेपछि प्रधान एक्लो हुँदै गएका छन् ।
यसैकारण हजारौँको समूहमा उपस्थित भएर सम्मानित सर्वोच्च अदालतमाथि दवाव सृजना गर्ने हेतुका साथ उनका सहकर्मीहरुद्वारा आह्वान गरिएको विरोध प्रदर्शनमा करिव १८ जना जतिको व्यक्तिहरुको उपस्थित रहेको थियो ।
उक्त विरोध प्रर्दशनको नेतृत्व गर्ने प्रेमराज सिल्पकार भन्ने व्यक्तिको उद्घोषणमा केही महिना अघि प्रधानले रिपोटर्स क्लव नेपालमा एक कार्यक्रम आयोजना गर्दै सम्मानित सर्वोच्च अदालतलाई समेत चुनौती दिएका कारण छायाँ सेन्टरका एक लगानी कर्ताले उनीविरुद्ध सर्वोच्च अदातलमा दिएको मानहानीको मुद्दा विचाराधीन रहेको छ ।















प्रतिक्रिया