३ कार्तिक २०८३, मंगलबार

अनैतिक सम्बन्धपछि लमजुङमा ३४ वर्षीया महिलाको हत्या, २ जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

लमजुङ, ६ पुस । लमजुङको सुन्दरबजार नगरपालिका–४ चारघरेकी ३४ वर्षीया महिलाको हत्या भएको छ ।

उनको हत्या अभियोगमा प्रहरीले २ जनालाई बिहीबार पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–३ का २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकाश भुजेल छन् ।

बुधबार ती महिलाकै घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले बताएको छ ।

लमजुङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सागर र मृतक महिलाबीच अनैतिक सम्बन्ध रहेकोमा उनी गर्भवती छिन भन्ने हल्ला सुनेपछी आफूलाई अप्ठेरो पर्छ भनी विकाशको समेत सहयोग लिई हत्या गरेको खुल्न आएको छ ।

उनीहरु उपर जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।