
काठमाडौं, ६ पुस । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो गुटको छुट्टै भेला आयोजना गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीपक्षको गुटभेला बालुवाटारमा चलिरहेका बेला उनले भने छुट्टै भेला आयोजना गरेको बताइएको छ । बादल पछिल्लो समय ओलीनिकट भनेर समेत चिनिन्छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्डपक्षका ७ जना मन्त्रीले राजीनामा दिँदा पनि सरकारमै बसेका कारण ओलीपक्षको भनेर आँकलन गरिएका बादलले ओली समूहको गुट भेलामा नगएर आफ्नो गुटको छुट्टै भेला आयोजना गरेको बताइएको छ ।
पार्टी विवादपछि ओली कि प्रचण्ड समूहमा लाग्ने भनेर नेताहरुले कित्ता क्लियर गर्ने अभियानमा लागिरहेको बेला पूर्व माओवादी खेमाका बादल भने कुनै पक्षमा पनि नदेखिएका हुन् ।
बादललाई नेताहरु देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्य लगायतका नेताहरुले ओली कित्ता छाडेर प्रचण्ड कित्तामा जान पुनर्विचार गर्न आग्रह गरिरहेको स्रोतको दाबी छ ।
बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह छ । उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो ।















प्रतिक्रिया