३ कार्तिक २०८३, मंगलबार

प्रचण्डले भने– हाम्रो पार्टी एकताबद्ध छ, फुट्ने टुट्ने कुरा आउँदैन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेकपा अहिले पनि एकताबद्धकै अवस्थामा रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्लो गतिविधिले पार्टी एकतालाई कुनै तात्विक असर नपार्ने बताउँदै उनले पार्टी टुट्ने र फुट्ने अवस्थामा नपुग्ने दाबी गरेका छन् ।

सोमबार एक प्रेस वक्तव्य जारी गर्दै उनले प्रनिधिभि सभा विघटन गर्ने कार्य असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदम भएको उल्लेख गरेका छन् ।

आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीको कदमको भर्त्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण मागेको जानकारी दिँदै उनले भनेका छन्, ‘हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’

‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो’, उनको प्रेस वक्तव्यमा लेखिएको छ ।

हेर्नुहोस वक्तव्य–