३ कार्तिक २०८३, मंगलबार

यस्तो छ, विगतमा भएका संसद विघटनको इतिहास

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । वर्तमान सरकारले संसदको विघटनको सिफारिस गरेर संसद विघटन भएपछि यतिखेर विभिन्न पाटोबाट प्रतिक्रियाहरु आएका छन् ।

नेपालमा पहिलोपटक पार्टीभित्रकै आन्तरिक कलहका कारण तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा संसद विघटन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको आन्तरिक असमझदारीका कारण संसदको विघटनका लागि सिफारिस गरेर राष्ट्रपतिबाट स्वीकृत भएसँगै वर्तमान संसदको अवधि २ वर्ष अगावै समाप्त भएको छ ।

२०७४ सालको मंसिरमा सम्पन्न आम निर्वाचनबाट सबै भन्दा ठूलो दलको नेताको हैसियतमा तत्कालिन नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए ।

उक्त निर्वाचनमा तत्कालिन नेकपा एमाले १२१, नेपाली कांग्रेसले ६३, तत्कालिन नेकपा माओवादी केन्द्रले ५३, राष्ट्रिय जनता पार्टी नेपालले १७, संघीय समाजवादी फोरमले १७ ,राष्ट्रिय प्रजातन्त्र पार्टीले १, तत्कालिन नयाँ शक्ति पार्टीले १, नेपाल मजदूर किसान पार्टीले १ र स्वतन्त्रले १ सिट जितेका थिए ।

२०७५ साल जेठ ३ मा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । दुवै पार्टीको एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदमा १७६ जना सांसद थिए ।

नेपालमा पार्टी भित्रकै आन्तरिक कलहका कारण तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा संसद विघटन गरेका थिए ।

त्यसैगरी तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५४ सालमा संसद विघटन गरेका थिए । उक्त निर्णय भने सर्वोच्चबाट बदर भएको थियो ।

२०५९ सालमा पनि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसद विघटन गरेका थिए । यस्तै तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा २०६९ सालमा पहिलो संविधानसभाको म्याद नथपिए पछि पहिलो संविधानसभा स्वतः विघटन भएको थियो ।