
काठमाडौं, ६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेल दुबै पक्षको भेलामा सहभागिता नजनाउने भएका छन् ।
आफूहरुले पार्टी एकताको पक्षमा सधैं काम गरेको तर त्यो सफल हुन नसकेको भन्दै उनले पार्टीमा आएको दुःखद अवस्थाका बेला गुटको भेलाहरुमा सहभागि हुन नहुने समेत बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा नेताहरु अलगअलग समूहगत छलफलमा व्यस्त हुन लागेका छन् ।
प्रधानमन्त्रीको असंवैधानिक कदमपछि पार्टी विभाजनको औपचारिक घोषणा मात्र बाँकी हुन लागेको अवस्थामा ओली निकट नेता र सांसदहरु बालुवाटारमा जम्मा हुन थालेका छन् ।
प्रचण्ड नेपाल निकट नेता र सांसदहरु संसदको लोत्से हलमा भेला हुँदैछन् ।















प्रतिक्रिया