१ कार्तिक २०८३, आइतबार

महाभियोग र विघटनको उछिनपाछिन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । चरम विवादकै बीच नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास गए।

यो दैलो–यात्रालाई ‘मिल्न लागेको’ रूपमा धेरैले अथ्र्याए। तर, भोलिपल्ट बिहानै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस गरे। त्यो पनि मन्त्रिपरिषद्को अपर्झट बैठक बोलाएर। यो हतारो किन आइलाग्यो ?

‘दाहाल–माधव नेपाल खेमाले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउने तयारी गरिसकेको थियो’, उक्त खेमामा एक नेताले भने, ‘त्यो सूचना कतैबाट बालुवाटारसम्म चुहेछ। त्यसलाई उछिन्न ओलीले हतार–हतार संसद् विघटन प्रक्रिया अघि बढाइहाले।’ उच्च स्रोतका अनुसार राष्ट्रपतिलाई महाभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव एकसाथ तयार थिए।

राष्ट्रपतिलाई निष्क्रिय गराएर उपराष्ट्रपति नन्दबहादुर पुनमार्फत संसद्को विशेष अधिवेशन बोलाउने र सबै कुरा त्यहीं ‘छिनोफानो गर्ने’ तयारी प्रधानमन्त्रीको हठात कदमले विफल भयो। ‘प्रधानमन्त्रीले घण्टा होइन, केही मिनेट ढिला गरेको भए अर्को पक्षले उछिन्ने थियो’, उक्त स्रोतले भन्यो, ‘अविश्वासको प्रस्ताव भने त्यसपछि पनि दर्ता गरियो।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।