३ कार्तिक २०८३, मंगलबार

केपी ओली र विद्या भण्डारीलाई नेतृ रामकुमारी झाँक्रीले दिइन् बधाई !

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीलाई कम्युनिष्ट आन्दोलन समाप्त पारेको आरोप लगाएकी छिन् ।

संसद विघटनको सिफारिस गर्ने प्रधानमन्त्री ओली र त्यसलाई सदर गरी संसद भंग भएको घोषणा गर्ने राष्ट्रपति भण्डारीप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्दै ओली र भण्डारीलाई बधाई समेत दिएकी छिन् ।

उनले भनेकी छिन्, ‘आउनुस लोकतान्त्रिक गणतन्त्रका लागि एक पटक फेरि लडौं । केपी ओली र विद्या भण्डारीलाई बधाई दिउँ कम्यूनिष्ट आन्दोलन समाप्त गरेकोमा ।’

उनले अगाडि लेखेकी छिन्, ‘यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ ? हामीले लडेर ल्याएको ब्यवस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले । बधाई छ विद्या र केपी ओलीलाई ।’

मन्त्रिपरिषद्ले संसद विघटन गर्न सिफारिस गरे पनि राष्ट्रपति भण्डारीले उक्त कदम रोक्ने विश्वासमा बसेका सत्तारुढ दलका नेता कार्यकर्ताहरु राष्ट्रपतिले पनि उक्त कदमको सदर गरेपछि आक्रोशित बनेका छन् ।

उनीहरुले आफ्ना आक्रोशपूर्ण अभिव्यक्ति र टिप्पणीहरु विभिन्न सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् ।

जहाँ अधिकांशले केपी ओली र विद्या भण्डारीको आलोचना गरेका छन् ।